पर्यटन बोर्ड र नाट्टाले चीनको तीन शहरमा ‘सेल्स मिसन’ आयोजना गर्ने

Advertisement

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा चीनको तीन शहरहरुमा ‘सेल्स मिसन’ आयोजना गर्ने भएको छ । मिसनबारे जानकारी दिँदै नाट्टाका अध्यक्ष रमेश थापाले भने, ‘लामो समयदेखि चीनमा आयोजना गर्दै आएको सेल्स मिशन कोभिड महामारीका कारण रोकिएको थियो । कोभिडपछि पहिलो पटक चीनमा यो कार्यक्रम हुन् गइरहेको छ ।’ 

सेल्स मिसनमा ट्राभल एजेन्सी, होटल, टे«किङ एजेन्सीका २६ वटा समूह रहने छन् । आठ दिनको सेल्स मिसन यही आउँदो अप्रिल १४ देखि सुरु हुनेछ । चीन एउटा मात्र गन्तव्य नभइ विश्वव्यापी रुपमा कनेक्शन भएको देश हो भन्दै थापाले चीनले अन्तर्राष्ट्रिय उडानहरु सुचारु गर्दा नेपाल आउने एयरलाइन्सहरुको समेत भाडादर घट्न गएको बताए । 

Advertisement

उनले भने, ‘अन्य मुलुकबाट पनि नेपाल आउने पर्यटकहरुको पनि कनेक्टिभिटिको लागि पर्यटन प्रवर्द्धन गर्नको लागि सबैभन्दा प्रमुख भूमिका खेल्ने भनेको कनेक्टिभिटि हो ।’ चीनले आफ्ना नागरिकलाई नेपाल घुम्न जाने सूचीमा राखेको बताउँदै थापाले उसले केरुङ नाका पनि खोलेको र तातोपानी नाका पनि खोल्ने तयारी भइरहेको बताए । चीनले आफ्ना उडानहरु सुचारु गरेपछि र नाकाहरु पनि खोलेपछि चिनियाँ पर्यटक मात्रै नभएर चीन ट्रान्जिट भएर नेपाल आउने पर्यटकको संख्या बढ्ने थापाको विश्वास छ । 

Advertisement

Advertisement