ब्रोकरमार्फत मात्रै घरजग्गा किनबेच गर्ने व्यवस्था मिलाउन माग

आर्थिक मन्दीबाट सबैभन्दा पीडामा घरजग्गा व्यवसायी छन्ः लोहनी

Advertisement

काठमाडौं । घरजग्गा व्यवसायीले अर्थतन्त्रमा देखिएको मन्दीको मारबाट सबैभन्दा बढी पीडा र समस्या आफूहरुले भोग्नुपरेको गुनासो गरेका छन् । 

नेपाल जग्गा तथा विकास महासंघले शुक्रबार गरेको कार्यक्रममा लाइसेन्स प्राप्त ब्रोकरहरुमार्फत मात्रै घरजग्गा खरिद बिक्री गर्ने कानुनी व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन् । महासंघका अध्यक्ष भेषराज लोहनीले भू–उपयोग कानूनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाट गर्न पाउनुपर्ने विषयमा सरकारसँग विगतदेखि नै कुरा उठाउँदै आएको बताए । उनले कित्ताकाट रोक्किँदा जग्गा एवँ सामूहिक प्रयोगको क्षेत्रको स्वामित्व हस्तान्तरण पनि समस्या बनेको बताए । 

Advertisement

लोहनीले नेपालमा घरजग्गा क्षेत्रको स्वस्थ विकास र विस्तारका साथै प्रतिस्पर्धाका लागि आफूहरुले काम गर्दै आएको बताउँदै घरजग्गा व्यवसायलाई उद्योगको रूपमा विकास गर्न महासंघ लागिरहेको बताए । उनले लिमिटेड कम्पनी स्थापना गरी ठूलठूला घरजग्गा आयोजनाहरु संचालन गर्नुपर्ने बताए ।

लोहनीले बैंकको ब्याजदर एकल अंकमा झार्नुपर्ने बताउँदै त्यसका लागि आग्रह गर्दै आए पनि सुनुवाई नभएको बताए । उनले अहिलेको विषय अवस्थामा ऋणको किस्ता तिर्नसक्ने अवस्था नरहेको भन्दै बैंकको ब्याजलाई पुँजीकरण गर्नुपर्ने माग पनि गरे ।  

विदेशीले नेपालमा अर्पाटमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्ने कुरालाई सरकारले आउँदो वार्षिक बजेटमार्फत सम्बोधन गर्नुपर्ने लोहनीको भनाई छ । उनले विदेशी मुद्रा सञ्चितिमा यो व्यवस्थाले ठूलो भूमिका खेल्ने बताए । 

Advertisement

Advertisement