शेयर बजार सकारात्मक दिशामा अघि बढाउन राष्ट्र बैंकको सहयोग चाहिन्छः हमाल

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शेयर बजार सकारात्मक दिशामा अघि बढाउन राष्ट्र बैंकले सहयोग गर्नुपर्ने बताएका छन् । अध्यक्ष हमालले यसका लागि आफ्नो तहबाट पहलको काम समेत भइरहेको बताए । 

सोमबार लगानीकर्ताहरुको मागपत्र बुझ्दै अध्यक्ष हमालले लगानीकर्ताको हितमा काम गर्न आफू तत्पर रहेको बताए । उनले भने ‘बजारलाई बलियो बनाउने लागतलाई घटाउने, हाम्रो उद्देश्य नै हो, प्रतिस्पर्धा सुसासन र जवाफदेहितामा म पूर्णरुपमा विस्वस्त छु ।’

Advertisement

१५ दिनमै ब्रोकरले शाखा विस्तार गर्न सक्ने व्यावस्था गरिएको छ । अध्यक्षको हैसियतले अर्थमन्त्री प्रकाशशरण महतलाई घटेको बजारको विषयमा ब्रिफिङ गरिसकेको हमालले बताए ।

बजारको विकासका लागि केही थप साहसिक निर्णय लिनुपर्ने उनको भनाई छ । अध्यक्ष हमालले थपे ‘हामी अभिभावकको रुपमा छौं, यसैले हामी नीतिगत तहमा बस्नेले केहि ठोस काम गर्नुपर्नेछ, जसबाट सकारात्मक भावना जगाउनु पर्छ।’

यसको लागि राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयबीच  समन्वय हुनुपर्ने बताए ।

नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन लगानीकर्ताको माग

Advertisement

Advertisement