काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बैंकको ब्याजदर घटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सार्वजनिक रुपमा आग्रह गरेका छन् ।
उद्योग ठप्प भएको हुँदा व्यवसायीहरु निरुत्साहित भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री रिजालले उक्त आग्रह गरेका हुन् । ‘आर्थिक अवस्था राम्रो नभएको बेला उद्योगहरु बन्द हुँदै गएका छन्, व्यवसायीहरु निरुत्साहित छन्’, उनले भने ।
देशलाई समृद्धितर्फ लैजाने उद्योगीहरुनै मारमा परेको मन्त्री रिजालले स्वीकार गरे । उद्योग व्यवसायीका समस्या समाधानका लागि आफूले सकेको पहल गर्ने उनको भनाई थियो ।