हिमालय एअरलाइन्स्द्वारा कुनमिङ–काठमाडौं चार्टर्ड उडान सुरु

Advertisement

काठमाडौं । हिमालय एअरलाइन्स्ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहीबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान सेवा सुरू गरेको छ । 

हिमालय एअरलाइन्सको एचनाइन ७८५ एयरबस ए ३२०–२१४ ले १८० चिनियाँ पर्यटकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ भने कुनमिङदेखि काठमाडौँसम्मको आगामी चार्टर्ड उडानहरू मार्फत् थप सात सय यात्रुहरूलाई ल्याउने बताएको छ । 

Advertisement

कोभिड महामारीसँग सम्बन्धित तीन वर्षको प्रतिबन्धपछि नेपालमा चिनियाँ पर्यटकको आगमन बढाउने उद्देश्यले आफूहरुले चीनबाट नेपालमा नेपालकै पहिलो चार्टर्ड उडान सुरु गरी चिनियाँ पर्यटकलाई भित्राउनु वास्तवमा निकै महत्वपूर्ण र उल्लेखनीय कदम भएको  हिमालय एअरलाइन्स्को भनाई छ ।   

एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले आगामी दिनमा थप चिनियाँ गन्तव्यसँग यो सम्बन्धलाई बढाउने योजना बनाएको बताएका छन् । नेपालको पर्यटन तथा हवाई उद्योगलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ हिमालय एअरलाइन्स्ले राष्ट्रका लागि सदैव एक कदम अगाडि बढ्ने जमर्को गरेको उनको भनाई छ । 

नेपाल-चीन बीचको संयुक्त लगानीमा स्थापित हिमालय एअरलाइन्स् को स्थापना सन् २०१४ मा भएको थियो। यसमा तिब्बतस्थित तिब्बत सिभिल एभियशन डेभेलप्मेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र नेपालको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालिको लगानी छ । 

Advertisement

Advertisement