पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक महासंघको सदस्यमा निर्वाचित

Advertisement

काठमाडौं । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभाबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् । 

एसोसिएटतर्फबाट उनी महासंघको सदस्य निर्वाचित भएका हुन् । यसअघि उनले महासंघको उद्योग प्रवर्द्धन समिति, अन्तर्राष्ट्रिय लगानी तथा प्रवर्द्धन समितिमा रहेर काम गरेका थिए । 

Advertisement

चाइल्डरिच नेपालका पूर्व बोर्ड अध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यापारिक संस्था वाइपिओको निर्वतमान अध्यक्ष तथा बोर्ड सदस्य लगायत संस्थाहरुमा आबद्ध रहेर पनि उनले काम गरिरहेका छन् ।  

Advertisement

Advertisement