Advertisement

काठमाडौं । नेपाली विद्यार्थीले विदेश अध्ययन गर्न जान पाउनुपर्ने माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । मंगलवार उनीहरुले एनओसी (नो अब्जेक्शन लेटर) दिनुपर्ने माग गर्दै नयाँ बानेश्वरमा बिरोध प्रदर्शन गरेका हुन् । 

सरकारले गत वर्षको चैत्र २७ गतेबाट डिप्लोमा र भाषा अध्ययनका लागि एनओसी नदिने बताएपछि विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थीहरु रुष्ट भएका हुन् । 

Advertisement

विभिन्न शैक्षिक संस्थामा अध्ययन गरिरहेका र शैक्षिक परामर्शदाता संस्थाहरुमार्फत विदेश जाने तयारी गरिरहेका विद्यार्थीले एनओसी नरोक्न दबाबमुलक प्रदर्शन गरे । उनीहरुले एनओसी विधेयक खारेज गर्, विद्यार्थी मार्न पाइँदैन, प्रहरी दमन मुर्दावाद, शिक्षा मन्त्रालय जान दे, शिक्षामन्त्री बोलाइ दे जस्ता नारा लगाएका थिए । 

Advertisement

Advertisement