सुनको मूल्य प्रतितोला ९ सय घट्यो, एक लाख ९ हजार ३ सयमा कारोबार

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ९ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेर कारोबार भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपियाँ, तेजावी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement