काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।
शनिबार आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गरिएको हो ।
सूचना प्रविधि सेवा निर्यात गर्नेमध्ये कोडावतार टेक प्रालि सबैभन्दा धेरै कर तिर्ने कम्पनी भएको छ । आन्तरिक राजस्व विभागले कोडावतार टेक प्रालिलाई उत्कृष्ट करदाता कम्पनीको रुपमा सम्मान गरेको हो ।
कम्पनीले सूचना प्रविधि निर्यात क्षेत्रका कम्पनीमध्ये गत आवमा सबैभन्दा बढी कर तिरेको भन्दै गरिएको सम्मान सो प्रालिका संस्थापक दिनेश सिलवालले ग्रहण गरेका छन् ।