केएल दुगड समुहले बजारमा ल्यायो ज्ञान ब्राण्डको मह

Advertisement

काठमाडौं । केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मह नेपाली बजारमा ल्याएको छ । स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमुल्य वनस्पतिहरुमा चरन गरेका मौरीहरुबाट महको उत्पादन गरिएको कम्पनीले जनाएको छ । 

साथै स्थानीय किसानहरुद्वारा स्थानीय रुपमै उत्पादित सामानहरुको प्रवद्र्घन गर्ने उद्देश्यले महको उत्पादन शुरु गरिएको पनि कम्पनीले जानकारी दिएको छ ।

Advertisement

खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको परिक्षण गरि उपभोगको लागि उत्कृष्ट रहेको ठहराएका छन् ।  ज्ञान महको गुणस्तर यस्को प्राकृतिक र मिठो बास्ना बाट पनि आँकलन गर्न सकिने कुरा जनाइएको छ। 

मह प्राचीन कालदेखि मानव जातिमा परिचय गराइएको सबैभन्दा मूल्यवान प्राकृतिक उत्पादनहरू मध्ये एक हो । मह एक पौष्टिक उत्पादनको रूपमा मात्र नभई परम्परागत चिकित्सामा वर्णन गरिएको र घाउ निको पार्नेे लगायत अन्य क्लिनिकल अवस्थाहरूको वैकल्पिक उपचारको रूपमा पनि प्रयोग गरिन्छ । मह भिटामिन र अन्य पोषक तत्वहरूले भरिपूर्ण रहेको छ । उपवासको समयमा बढी उपभोग हुने मह दैनिक स्वस्थ पौष्टिक खाजाहरुमा मिसाएर पनि उपभोग गर्न सकिन्छ ।

ज्ञान मह मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २५० ग्राम, ५०० ग्राम  र  १  केजि  प्याकमा उपलब्ध छ । केएल दुगड समुहले लोकप्रिय ब्राण्ड ज्ञानका ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु पनि लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।
 

Advertisement

Advertisement