एकातर्फ निजी क्षेत्रलाई प्रोत्साहन गर्छु भन्ने, अर्कोतर्फ अख्तियार लगाउन खोजियोः ध्रुव थापा

Advertisement

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष धुव्र थापाले निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवेश गर्ने कुरा कदापी स्वीकार गर्न नसकिने बताएका छन् । 

नानसँगको कुराकानीमा उनले राष्ट्रिय सभाबाट पारित भएको अख्तियारले निजी क्षेत्रलाई पनि हेर्न विधेयक न्यायसंगत नभएको बताए । थापाले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषय संविधान विपरित रहेको बताए । 

Advertisement

थापाले निजी क्षेत्रको मनोवल कमजोर बनाउने मनसाय देखिएको बताए । उनले अख्तियार प्रवेश गरे वैदेशिक लगानी आउन नसक्ने बताए । थापाले सरकार एकातर्फ निजी क्षेत्रलाई प्रोत्साहन गर्छु भन्ने र अर्को संसदमा अख्तियारले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने कानून बनाउनु निजी क्षेत्रलाई प्रोत्साहन नभएर दुरुत्साहन गर्न खोजिएको आरोप लगाए । 

उनले भने, ‘निजी क्षेत्रमा अख्तियार प्रवेश गर्ने कुरा कदापी स्वीकार गर्न सकिँदैन । राष्ट्रिय सभाबाट जसरी अख्तियारले निजी क्षेत्रलाई पनि हेर्न भने विधेयक पास भएको छ । यो  न्यायसंगत छैन । संविधानसँग पनि बाझिएको छ । निजी क्षेत्रलाई नियन्त्रण गर्न अन्य निकायहरु पनि छन् । अख्तियारले संविधानले दिएको अधिकार क्षेत्र भित्र काम गर्ने हो । त्यसैले निजी क्षेत्रमा अख्तियारले छानबिन गर्न पाउने प्रावाधान स्वीकार गर्न सक्दैनौं । निजी क्षेत्रको मनोवल कमजोर भएको अवस्थामा अख्तियार प्रवेश गराउने कुराले निजी क्षेत्रलाई काम गर्न नदिने नियत देखिन्छ ।’ 

Advertisement

Advertisement