काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राति करिव ९ बजे दुबईका लागि उडेको फ्लाई दुवईको विमानको इञ्जिन फेल भएको छ ।
उड्नासाथै इन्जिन फेल भएपछि राति काठमाडौंको आकाशमा भयानक आवाज आएको थियो । धेरैले जहाज खसेको अनुमान गदै भय प्रकट गरे पनि के को आवाज हो ? भन्ने कुरा पहिचान गर्न सुरुमा सकेका थिएनन् ।
इन्जिन फेल भएपछि उक्त जहाज आपतकालिन अवतरणको प्रयास गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताएका छन् । उनका अनुसार जहाजको देब्रे इन्जिनमा आगलागी समेत भएको छ ।