केन्ट आरओको नयाँ वर्ष अफरः दुबई घुम्ने मौका

Advertisement

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले ईओएल प्रालिले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । 

भारत र नेपालमा पानी शुद्धिकरणको बजारमा ग्राहकले असाध्यै रुचाएको केन्ट आरओले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै ‘यो नयाँ वर्ष स्वास्थ्य र शुद्धतासँग सुरुवात गर्नुहोस्’ भन्ने नारासहित योजना ल्याएको हो ।  

Advertisement

यस अफर अन्तर्गत केन्टको कुनै पनि आरओ मोडल को खरिदमा भ्याक्यूम फ्लास्क÷भेजिटेबल चपर र अरु कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत दुबई घुम्ने सुनौलो मौका पाउने छन् । यो ग्राहक योजना चैत्र ३० गते देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ । 

आज सफा पिउने पानीे आवश्यकता बनेको छ । प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् । तपाईंले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ । साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ । पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ । 

केन्ट आरओबाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ । 

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध रहेको कम्पनीले विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।  

Advertisement

Advertisement