होटल संघको अध्यक्षमा विनायक शाह सर्वसम्मत, औपचारिक घोषणा हुन बाँकी

Advertisement

काठमाडौं । होटल संघ नेपाल (हान)को अध्यक्षमा विनायक शाह सर्वसम्मत चयन हुने भएका छन् । संघको वर्तमान उपाध्यक्षसमेत रहेका उनलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने बुधबार टुंगो भए पनि औपचारिक घोषणा भने शुक्रबार मात्रै हुने शाहले बताएका छन् । 

उनले अध्यक्षसहितको कार्यसमिति चयनका लागि प्रक्रिया पूरा गर्न निर्वाचन अधिकृतले घोषणा गर्न बाँकी नै रहेको बताए । संघको बार्षिक साधारणसभा शुक्रबार हुँदैछ । शाहले अरु पदाधिकारी र सदस्यमा पनि चुनाव नहुने र सर्वसम्मत नै हुने बताए । विभिन्न समूहको दुई–दुई जनाको चुनाव हुने प्रक्रिया भने पूरा भइसकेको उनले बताए । त्यसैबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव चयन हुने शाहले जानकारी दिए । 

Advertisement

Advertisement

Advertisement