जर्मनी नेपालमा प्रसारण लाइन र औषधीजन्य उद्योगमा लगानी गर्न बढाउन इच्छुक

Advertisement

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसंग जर्मनीका राजदूत डा. थोमस प्रिन्जले भेटवार्ता गरेका छन् । 

सो भेटमा राजदूत प्रिन्जले नेपालमा स्वच्छ उर्जा र प्रसारण लाइन बनाउन त्यस क्षेत्रमा सहयोग गर्ने बताए । 

Advertisement

साथै उनले नेपालमा औषधीजन्य उद्योगमा लगानी गर्न रुची रहेको समेत जानकारी गराए । उक्त अवसरमा अर्थमन्त्री डा. महतले नेपालमा धेरै लगानी भित्राउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।  

Advertisement

Advertisement