नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे’ अफर, के-के छन् सुबिधा ?

Advertisement

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि आईसीटी डे अफर ल्याएको छ । उक्त अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको हो । सो अफर आज बैशाख १७ देखि १९ सम्म तीन दिनसम्म लागु हुनेछ ।

सोही अफर अवधिभर ग्राहकहरुले ४९ रुपियाँमा एक दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा पाउँनेछन् ।

Advertisement

यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ रुपियाँमा तीन दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १ सय ९९ रुपियाँमा सात दिनसम्म चलाउन सकिने १३ जीबी डाटा उपलब्ध हुने भएको छ । त्यस्तै, २ सय ९४ रुपियाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ रुपियाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुने भएको हो ।

सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि, भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी बैशाख १९ गते मनाइन लागेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 
 

Advertisement

Advertisement