एक महिना थपियो कारोबार मिसम्याच भएका कम्पनीको सच्याउने मिति

Advertisement

काठमाडौं। आन्तरिक राजस्व विभागले कारोबार मिसम्याच भएका कम्पनीको सच्याउने मिति थप गरेको छ। विभागले चैत मशान्तसम्म रहेको म्याद बैशाख मशान्तसम्म थप गरेको हो।  

विगत आर्थिक वर्षहरुमा पुर्वानुमानित डे१ तथा डे२ आय विवरण र कर दाखिला गरेका करदाताको फरक परेको रकम सच्याउन पाइनेछ। आ.व. २०७७/७८ सम्मको कारोबार मिलान गर्न पाइने विभागले बताएको छ।

Advertisement

चालु वर्षको बजेट मार्फत हिसाब मिलान गर्न सुविधा दिइएको छ। कम्पनीले कारोबार घोषणा गर्दा वास्तविक कारोबार अङ्क फरक परेको (मिसम्याच) भएमा २०७९ चैत्र मसान्तभित्र सच्याउन भनिएको थियो। यसका लागि

प्रत्येक आर्थिक वर्षको वास्तविक कारोबार घोषणा गरी फरक परेको विक्री रकमको १.५ प्रतिशत कर दाखिला गर्नुपर्नेछ।

यसरी दाखिला गरेमा करदाताले घोषणा गरेको हदसम्मको कर अन्तिम हुने व्यवस्था गरेको छ। आर्थिक ऐन, २०७९ को दफा २९ ले गरेकोमा सोको म्याद २०८० वैशाख मसान्तसम्म थप भएकोले आफू दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा शीघ्र सम्पर्क गर्न करदातालाई विभागले आग्रह गरेको छ।

Advertisement

Advertisement