काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उ्डयनमन्त्री सुदन किरातीले देशको अवस्थालाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुद्वमार्गी नीति लिनु पर्ने बताएका छन् ।
आयोजित त्रिभुवन विश्वविद्यालय बुद्धदर्शन विभागले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री किरातीले देशमा देखिएका आर्थिक संकट, जनताको खबरदारी, शान्ति प्रक्रियाका तार्किक निष्कर्ष, राष्ट्रिय अन्तराष्ट्रिय नजर, सबैलाई हेरेर मध्यमार्गी भएर जानुको विकल्प नरहेको बताए ।