मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न राष्ट्रपतिद्वारा अध्यादेश जारी

Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यायदेश, २०८०’ जारी गरेका छन् । 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।  

Advertisement

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो । 

Advertisement

Advertisement