गल्फ लुब्रिकेन्टले गर्यो निःशुल्क सर्भिस क्याम्प

Advertisement

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा तीन दिने निःशुल्क  सर्भिस क्याम्प सम्पन्न गरेको छ ।  आफ्नो आधिकारिक बिक्रेता गणपति ईन्टरप्राइजेज मार्फत नुवाकोटस्थित सागर रिमाल मोटरसाइकल वर्कसपमा सो क्याम्प सम्पन्न गरिएको हो ।  

नयाँवर्ष लक्षित क्याम्पमा सहभागी मोटरसाइकल र स्कूटरका ग्राहकलाई आकर्षक नयाँ वर्ष अफर पनि प्रदान गरिएको थियो ।  सो अफर अन्तर्गत लुब्रिकेन्टमा ५ प्रतिशत र स्पेयर पार्ट्स खरिदमा ७ प्रतिशतसम्मको आकर्षक छुट सहभागी ग्राहकहरुले पाएका थिए । 
क्याम्पमा ८० जना भन्दा धेरै सहभागी भएको कम्पनीले जानेको छ ।

Advertisement

क्याम्पको बारे प्रतिक्रिया दिदै  सागर रिमाल मोटरसाइकल वर्कसपका संचालक सागर रिमालले भने, ‘गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा पहिलो पटक आयोजना गरेको यो क्याम्पमा ग्राहकहरुको उत्साहित सहभागिता  थियो । उत्कृष्ट सर्भिस र आकर्षक अफरका कारण ग्राहकहरु निकै हर्षित भएका थिए ।  आगामी दिनमा पनि यस्तै क्याम्प संचालन गर्न हामीलाई प्रेरणा मिलेको छ ।’

गल्फ फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकको रोजाईमा पर्दै आएको छ ।  
 

Advertisement

Advertisement