झन्झटिलो लागेर अहिलेसम्म मैले गाडीको लाइसेन्स निकालेको छैन्ः मन्त्री ज्वाला

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले झन्झटिलो लागेर अहिलेसम्म आफूले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ननिकालेको बताएका छन् । 

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालमा गाडीको लाइसेन्स लिने प्रकिया निकै झन्झटिलो लागेको प्रतिक्रिया दिएका हुन् । ज्वालाले सोही झन्झटिलो प्रक्रियाका कारण आफूले अहिलेसम्म लाइसेन्स लिन नसकेको बताए । 

Advertisement

उनले भने, ‘तपाईंहरुलाई अचम्म लाग्ला, मैले आफ्नै त लाइसेन्स बनाउन सकेको छैन् । अब सिस्टम बाहिरबाट लाइसेन्स लिने पक्षको मन्त्री म होइन । प्रक्रियामा रहेका कारण मलाई लाइसेन्स लिन सकस भएको अवस्था छ । अब हामीले सबैलाई सहज हुने हिसाबले लाइसेन्स प्रणाली सुधार्नुपर्ने चुनौती पनि छ ।’

मन्त्री ज्वालाले आर्थिक क्षेत्रका विभिन्न जल्दोबल्दो समस्याहरुलाई सम्बोधन हुने किसिमले बजेटको तर्जुमा हुने दावी गरेका छन् । 

Advertisement

Advertisement