प्राधिकरणद्वारा सिम्रिक एयरका हेलिकप्टर उडानमा रोक !
फाइल तस्बिर

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडान निलम्बित गरेका छन् । 

प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सिम्रिकका सबै उडान निलम्बित गरेको जनाएको छ । शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर एयरसँग रहेका अन्य हेलिकप्टर उडान निलम्बित लगाएको हो ।

Advertisement

अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा अटिड नहुँदासम्मका लागि उडान नहुने प्राधिकरणले सूचना मार्फत जानकारी दिएको हो । 

संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र विद्युत प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका थिए । साथै स्थानीय भविन गुरुङको निधन भएको थियो । 


 

Advertisement

Advertisement