काठमाडौं । यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । सगरमाथाको आरोहणको लागि उनी अहिले आधार शिविर पुगेका छन् ।
थामसेर्खु ट्रे«किङका अध्यक्षसमेत रहेका शेर्पाले सगरमाथा आरोहण गर्न अनुमति लिएर आधार शिविर प्रस्तान गरेको पर्यटन विभागले जानकारी दिएको छ । लाक्पा सोनाम शेर्पाले विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखरमध्ये सगरमाथाबाहेक बाँकी आरोहण गरिसकेका छन् ।
यदि अहिले उनी सगरमाथा आरोहण गर्न सफल भए भने माउन्ट कार्स्टेन्जसहित सबै शिखरहरुको मुख्य चुचुरो (रियल समिट) गर्ने उनी पहिलो नेपाली हुनेछन् । लाक्पा सोनाम शेर्पाले अर्जेन्टिनाको अग्लो हिमाल (६,९६२ मिटर) अकोनकागुवा र अफ्रिकाको (५,८९५ मिटर) अग्लो माउन्ट किलिमन्जारो र यूरोपको (५,६४२ मिटर) अग्लो माउन्ट एल्ब्रस, अन्टार्कटिकाको सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर), इन्डोनेशियाको अग्लो (४,८८४ मिटर) कास्र्टेन पिरामिड चढिसकेका छन् ।
लाक्पा सोनाम शेर्पा नेपालको पर्यटन क्षेत्रका ठूला उद्यमीका रूपमा चिनिन्छन् ।