त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा तीव्र हावा चल्दा जहाज अवतरणमा समस्या

Advertisement

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा जहाज अवतरणमा समस्या भएको छ ।

तीव्र हावा चलेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या भएको थियो अहिले बिस्तारै अवतरण भइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । जहाज अवतरण गर्ने दक्षिण तर्फ स्वभाविक भन्दा धेरै गतिको हावा चलेपछि जहाज अवतरणमा समस्या आएको हो ।

Advertisement

प्रवक्ता टेकनाथ सिटौलाले भने, 'अहिले दक्षिण तर्फबाट आएको हावाले जहाज अवतरण हुन सकेका छैनन्, स्वभाविक भन्दा धेरै गतिको हावा चलिरहेको छ । जसका कारण अघि सम्म ५ वटा जहाज आकाशमै घुमिरहेका थियो भने ३ वटा जहाजहरु लकनाउ लखनउ डाइभर्ट भएको छ ।’ 
 

Advertisement

Advertisement