सगरमाथा क्षेत्रमा अवैध प्याराग्लाइडिङ गर्ने अमेरिकीको आरोहण अनुमति रद्द गर्ने निर्णय

Advertisement

काठमाडौं । सगरमाथा क्षेत्रमा अवैध प्याराग्लाइडिङ गर्ने अमेरिकी ड्यारेन जोनलाई पर्यटन विभागले सगरमाथा आरोहणको अनुमति रद्द गरेको छ । 

विभागका निर्देशक युवराज खतिवडाले आज बिहीबार जोनको आरोहण अनुमति रद्द गरेको बताए । उनले भने, ‘उनले सगरमाथा आरोहणको अनुमति लिए पनि प्याराग्लाइडिङको अनुमति लिएका थिएनन् । आरोहणको लागि दिएको पर्मिट रद्द गरेको हो ।’

Advertisement

सगरमाथा आरोहण गर्न आधार शिविर पुगेका जोनले अक्लिमिटाइज (नयाँ वातावरणअनुसार चल्नु) गर्न आधार शिविरबाट माथि क्याम्प–२ पुगी फकिने कम्रमा अवैध प्याराग्लाइडिङ गरेको विभागको भनाई छ । उनलाई आरोहणका लागि लैजाने सेभेन समिट टे«क्स कम्पनीले यस बारेमा जानकारी दिएपछि विभागले कारवाही गरेको हो । 

खतिवडाले भने, ‘सूचना पाउने बित्तिकै हामीले अवैध प्याराग्लाइडिङ गर्ने अमेरिकी र उनलाई लैजाने कम्पनीलाई स्पष्टीकरण सोधेका थियौं । ती अमेरिकीले आफूले कानुन नजानेर प्याराग्लाइडिङ गरेकाले गल्ती भयो, माफ गरिदिन आग्रह गरेका थिए । कानुनअनुसार हामीले कारवाही गर्नैपर्ने बाध्यता थियो ।’ 

विभागले सेभेन समिट ट्रेक्सलाई पनि सचेत गराउने निर्णय गरिएको बताए । ड्यारेन जोनले गत बैशाख १० गते सगरमाथाको क्याम्प–२ बाट अवैध प्याराग्लाइडिङ गरेका थिए ।

Advertisement

Advertisement