यस बर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल

Advertisement

काठमाडौं । यस वसन्त ऋतुको आज (शनिबार) पहिलो सगरमाथा आरोहण सुम्पन्न भएको छ । यस बर्षको वसन्त ऋतुलाई लक्षित गरी सगरमाथा चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) काम सम्पन्न गर्ने क्रममा पहिलो आरोहण सफल भएको मानिएको हो ।  

यस ऋतुमा सगरमाथा चढ्न विगतमा भन्दा धेरैले अनुमति लिएर आरोहीहरु सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरिरहेका छन् । आरोहण सुरु हुनुअघि रोप फिक्सिङ गर्नुपर्ने हुन्छ । सोही क्रममा शुक्रबार सगरमाथा चुचुरोतर्फ प्रस्थान गरेको फिक्सिङ टिम चुचुरो पुग्न सफल भएको हो । यससँगै अब अन्य आरोही पनि अब सगरमाथा चढ्न सुरु गर्नेछन् । 

Advertisement

इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाले आफूहरुको टिमआज दिउसो १ बजेर ५२ मिनेटमा सगरमाथा चुचुरोमा पुग्न सफल भएको बताइन् । दावा ग्याल्जे शेर्पाको नेतृत्वमा १० जना शेर्पाको टोली डोरी बोकेर सगरमाथा चुचुरोतर्फ गएका थिए । 

Advertisement

Advertisement