सार्वजनिक खरिद ऐन संशोधन नगरेसम्म विकास निर्माणका काम अस्तव्यस्त हुन्छः मन्त्री ज्वाला

Advertisement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरु अस्तव्यस्त भइरहने बताएका छन् । 

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरु अस्तव्यस्त भइरहने बताए । ज्वालाले सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउनका लागि संशोधन गर्नुपर्ने बताए । 

Advertisement

उनले सडकको वर्गिकरण गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्रालयले सडक वर्गिकरणका लागि प्रतिवेदन पेस गर्न समिति बनाएको जानकारी दिए । उनले प्रतिवेदन आइसकेपछि मन्त्रिपरिषद्मा लगेर कार्यान्वयन गरिने बताए । ज्वालाले संसदीय समिति र सरकारका बीचमा टसल र प्रतिष्पर्धा हुने अवस्था आउनुनहुने बताए । 

उनले भने, ‘सार्वजनिक खरिद ऐन जुन छ, ऐन अनुसार नियमावली समेत सार्वजनिक खरिद ऐन विकासमैत्री बनाउने गरी संशोधन भन्ने कि, नयाँ बनाउने हो कि, यसलाई पुनःव्यवस्थित नगरेसम्म विकास निर्माणका कामहरु यस्तै अस्तव्यस्त हुन्छ । यो विकासमैत्री बनाउनुपर्ने जरुरी छ । यसमा ध्यान दिउँ । सडकको वर्गिकरण गर्न जरुरी छ । संघले गर्नुपर्ने सडक स्ट्याण्डर्ड के हो ? स्थानीय तहले गर्नुपर्ने के हो ? त्यसको एउटा क्याटेगोरी गरेर अर्जुन थापाको नेतृत्वमा हामीले समिति बनाएका छौँ । उहाँले प्रतिवेदन दिनुहुन्छ । त्यो प्रस्ताव क्याबिनेटमा लिएर पास गरेर त्यसलाई कार्यान्वयन गराउँछौँ । के देखिन्छ भने कतिपय बेलामा समिति र सरकारका बीचमा टसल जस्तो हुने । प्रतिष्पर्धाजस्तो हुने । त्यो हुनुपर्दैन । सरकारले, मन्त्रालयले पनि समितिलाई सम्मान गर्ने । समितिका सुझावलाई कार्यान्वयन गर्ने हो । समितिले पनि मन्त्रीलाई अठ्याउँ न त । दबाब दिउँ । हैरान पारौँ भन्ने ढंगले होइन रचनात्मक किसिमले सहयोग गर्ने किसिमले गर्नुपर्छ ।’

Advertisement

Advertisement