पर्यटन मन्त्री किरातीले लुम्बिनी विकास कोषसँग मागे स्पष्टिकरण

Advertisement

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टिकरण मागेका छन् । 

आज मन्त्री किरातीले कोषलाई १५ दिनभित्र स्पष्टिकरणको बुझाउन भनेका छन् । कोषका उपाध्यक्षले नीति विपरित अन्य संघसंस्थाबाट समेत पारिश्रमिक लिएको तथा कोषमाथि उठेका नीतिगत तथा नागरिकको तहबाट उठेका अन्य प्रश्नहरु समेटिएका छन् । 

Advertisement

लुम्बिनी विकास कोषको क्षेत्राधिकार भित्रका तोकिएका विभिन्न कार्यहरु सम्पादन गरेका वा गर्ने सन्दर्भमा कतिपय विषयहरू संस्थाको हित विपरीत हुने गरी र गैरकानूनी रूपमा भएको भन्ने गुनासो एवं जानकारी प्राप्त हुँदै आएको मन्त्री किरातीले उल्लेख गरे । 

यसअघि मन्त्री किरातीले नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण, पशुपति क्षेत्र विकास कोष, हायत होटेल, तारा गाउँ विकास समितिलाई स्पस्टिकरण सोधेका थिए । 

स्पष्टिकरणमा सोधिएका प्रश्नको जवाफका आधारमा नीतिगत सुधार र बाँकी काम कारवाही अगाडि बढी रहेको छ । कतिपय विभागहरुलाई थप निर्देशन दिइएको छ ।

 

Advertisement

Advertisement