तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीको तस्बिर सगरमाथाको चुचुरोमा !

Advertisement

काठमाडौं । विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीको तस्बिर विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याएका छन् । 

मे २९ मा सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा शेर्पाले तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीको तस्बिर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याएको विश्व कीर्तिमानी पर्वतारोही शेर्पाले कपोरेट नेपालसँग भने । 

Advertisement

शेर्पाले तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीको तस्बिर यही वसन्त ऋतुको जेठको ३ गते चुचुरोमा पुर्याएका बताए । उनले यही जेठ महिनामा दुई पटक सगरमाथाको सफल आरोहण गरेका जानकारी दिए । जेठ ३ र जेठ ८ गतेका दिन सगरमाथाको आरोहण गरेसँगै सगरमाथाको आरोहण गरेको ११ औं पटक भएको उनले सुनाए । 

सगरमाथा आरोहण गर्नुअघि बुक्स राईटिङ नेपाल प्रालिद्वारा प्रकाशित विश्व कीर्तिमानी पर्वतारोही शेर्पाबारे लेखिएको ‘हिमालयन म्याभरिक’ नामक किताब सगरमाथा आधार शिविरमा सार्वजनिक गरेका थिए । साथै हिमालयन म्याभरिक नामक किताब सगरमाथाको चुचुरोमा समेत पुर्याएको उनले बताए । चुचुरोमा पुर्याएको किताब हस्ताक्षर गरी अमेरिकन दूतावासलाई बुझाउने शेर्पाले बताए । 

शेर्पाले १० दिनमा ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । सन् २००८ देखि ६ हजार मिटर अग्ला हिमाल आरोहण गरेपछि पर्वतारोहणको तालिम लिएर आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्न थालेका शेर्पाले सन् २०१६ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।

उनले अहिले सम्म ११ पटक सगरमाथा आरोहण गरिसकेका छन् । शेर्पाले सन् २०१८ को वसन्त ऋतुमा १० दिनमा १८ घण्टा ३० मिनेटमा ३ पटक सगरमाथाको सफल आरोहण गरेसँगै सबैभन्दा छिटो समय सगरमाथा चढेर गिनिज बुक अफ वल्र्ड रेकर्ड पनि राखेका छन् । उनले सगरमाथा, मनास्लु हिमाल, केटु, नंगा पर्वत, धौलागिरी, कञ्चनजंगा, ल्होत्से लगायत हिमालको सफल आरोहण गरेका छन् । साथै, नङ्गा पर्वत र मनास्लु हिमाल उनले विना अक्सिजन आरोहण गरी सकेका छन् । 

Advertisement

Advertisement