‘मेरो डिजिटल देश’ अभियानमा श्रेष्ठले जिते काठमाडौंमा घर

Advertisement

काठमाडौं । इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा युएइमा बस्ने पूर्ण बहादुर श्रेष्ठले काठमाडौमा घर जित्न सफल भएका छन् ।

गत शुक्रबार इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनीका कार्यकारी अधिकृतले इसेवा मनि ट्रान्स्फरको आधिकारिक फेशबुक पेज मार्फत गरेको प्रत्यक्ष डिजिटल गोलाप्रथामा युएइमा बस्ने श्रेष्ठले घर जित्न सफल भएका हुन् । 

Advertisement

विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर जित्न सफल भएका हुन् । श्रेष्ठले युएइबाट इसेवा मनि ट्रान्स्फरमार्फत आफ्नो घरमा रहेका बुबाको बैंक एकाउन्टमा रेमिट्यान्स् पठाएका थिए । 

इसेवाले विदेशबाट आउने रेमिट्यान्सलाई बैधानिक बनाउन प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । डिजिटल रेमिट्यान्स्लाई प्रोत्साहन गर्दै आएको  कम्पनीले ‘मेरो डिजिटल देश’अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढेदुई तलाको घर दिने घोषणा गरेको थियो । 

७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । 

Advertisement