यामाहाले ल्यायो रे जेडआर १२५ हाइब्रिड स्कूटर, यस्ता छन् विशेषता

Advertisement

काठमाडौं । यामाहा नेपालले बहुप्रतिक्षित रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ । रे जेडआर १२५ हाइब्रिड चार ट्रिमहरूमा उपलब्ध छः स्टाण्डर्ड, डिलक्स र प्रिमियम÷प्रिमियम प्लस ।

रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा शक्तिशाली एयर कूल्ड, फ्युल इन्जेक्टेड १२५ सीसी ब्लू कोर इन्जिन छ । रे जेडआर १२५ शृङ्खलाको हाइब्रिड भेरियन्टहरूले स्मार्ट मोटर जेनेरेटरलाई गतिरोधको समयमा शक्ति सहायता प्रदान गर्दछन् । 

Advertisement

साइलेन्ट स्टार्टरको रूपमा पनि चिनिने यो उन्नत प्रणाली शहरको सवारी अवस्थाहरूमा जिप्पियर प्रदर्शन र इन्धन दक्षतालाई मद्दत गर्न इलेक्ट्रिक मोटरको रूपमा दोब्बर हुन्छ । इलेक्ट्रिक पावर सपोर्टको सिमलेस एकीकरणले इन्धनको बचत मात्र गर्दैन, समग्र सवारी अनुभवलाई पनि बढाउँछ ।

रे जेडआर १२५ हाइब्रिड एक पुनः डिजाइन गरिएको, पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र मानकको रूपमा एलईडी हेडल्याम्पले सुसज्जित छ, जसले सवारी चालकहरूको लागि अधिकतम भिजिबलिटी र सुविधा सुनिश्चित गर्दछ । १४५ एमएमको ग्राउन्ड क्लियरेन्सको साथ मात्र ९९ किलोग्राममा उल्लेखनीय रूपमा हल्का यसमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कट(अफ फङ्सन, र २१ लिटर अन्डर(सीट भण्डारण जस्ता सुविधाहरू छन् । स्टप एण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी मूल्यवान ऊर्जा बचत गरेर इन्धन दक्षतालाई अझ बढाउँछ ।

उक्त अवसरमा यामाहा नेपालका सीईओ राजु क्षेत्रीले रे जेडआर १२५ हाइब्रिड सिरिजको बारेमा उत्साह व्यक्त गर्दै भने, ‘अल्टिमेट स्कुटर बाइकिङ एरोक्सको सफल सुरुवात पछि नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर हाइब्रिड लन्च गर्न पाउँदा यामाहा नेपाल गौरवान्दित छ । यसले शक्ति, शैली र सुरक्षाको संयोजन गर्दछ जसले गर्दा हाम्रा मूल्यवान ग्राहकहरूलाई अत्याधुनिक उत्पादनहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ फराकिलो बनाउँछ ।’

रे जेडआर १२५ हाइब्रिडको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ड्रमको मूल्य रू २,७९,९०० बाट सुरु हुने कम्पनीले जनाएको छ ।  

Advertisement

Advertisement