काठमाडौं । भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कूल र सूर्यविनायक नगरपालिकाको सहकार्यमा विभिन्न विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) हरुको ‘द प्रिन्सिपल वर्कसप’ कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपलसहित काठमाडौं वर्ल्ड स्कूलका प्रिन्सिपल केशर खुलाल, अध्यक्ष मिथिलेसकुमार झा, सूर्ययविनायक नगरपालिकाका उपमेयर सरिता तिमल्सिना भट्टराई लगायत अन्य वडाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त अवसरमा उपमेयर तिमल्सिनाले अबको शिक्षा प्रणालीलाई सबल बनाउन सबैजना गम्भिर हुनुपर्ने, नेपाली शिक्षालाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य बनाउनु पर्नेमा जोड दिइन् ।
राजधानीका विभिन्न विद्यालयबाट जम्मा भएका प्रिन्सिपल तथा शिक्षाविद्हरुलाई प्रश्नपत्र छपाईमा हुने कमजोरी र त्यसको समाधानका बारेमा कार्यक्रम केन्द्रित गरिएको थियो ।
सोही कार्यक्रममा नेपालमा विद्यमान केही शिक्षा नीति र पठनपाठनको शैलीमा परिवर्तन ल्याउन सकेमा पढ्नकै लागि विद्यार्थीहरुले स्वदेश छाडेर विदेश धाउनु पर्ने बाध्यता अन्त्य हुने बताइएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका करिब ५० जनाको संख्यामा प्रध्यानाध्यापक तथा शिक्षाविद्हरुले उपस्थिती जनाएका थिए ।