नेपाल र इटलीबीच व्यवसायिक सम्बन्ध अझै सुधार गरिने

Advertisement

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीले ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक – एनआईसीसीआई दिवस २०२३ को घोषणा गरिएको छ । यस अवसरमा पहिलो संस्करणको न्यूजलेटर अनावरण गरिएको छ । 

यो कार्यक्रमले नेपाल र इटालीबीचको व्यवसायिक सम्बन्धलाई पर्यटन, उद्योग, आयात, निर्यात बढाउन एनआईसीसीआईको प्रतिबद्धतालाई जनाउँछ । 

Advertisement

यस अवसरमा इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रमुख अतिथिका रुपमा द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिए ।  

एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालले द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढावा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढावा दिने महत्वमा जोड दिए । 

इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा  पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै एनआईसीसीआईका अध्यक्ष अग्रवाललाई बधाई ज्ञापनका साथै पहिलो संस्करणको न्यूजलेटरको लागि बधाई तथा शुभकामना व्यक्त गरिन् । 

नेपाल इटाली चेम्बर अफ कमर्शका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठले विगतमा सफलतापूर्वक सम्पन्न भएका कार्यक्रमहरु साथै भविष्यका भावी योजनाहरुलाई इंगित गर्दै स्वागत मन्तव्य व्यक्त गरे । 
 

Advertisement

Advertisement