भृकुटीमण्डपको जुत्ता चप्पल मेलामा ग्राहकहरुको भीडभाड दैनिक बढ्दो

Advertisement

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सञ्चालित बृहत जुत्ता चप्पल मेलामा ग्राहकहरुको संख्या बढ्न थालेको छ । एकै छातामुनी हरेक उमेर समूहका लागि विभिन्न डिजाइन र मूल्यका जुत्ता चप्पल पाइने यस मेलामा ग्राहकहरुको दैनिक आकर्षण झन बढ्न थालेको हो । 

सिटिजन फुटवयेरको आयोजनामा सञ्चालित मेलामा ११ वटा ब्राण्डका जुत्ता चप्पलहरु एकै ठाउँमा किन्न सकिन्छ । मेलामा ग्राहकहरुको बाक्लो उपस्थिति देखिन थालेको बताउँदै शिखर सुजका सञ्चालक रामकृष्ण प्रसाईंले आफ्नो रुची र मूल्यअनुसारका जुत्ता चप्पल पाइने भएकाले ग्राहकहरु अन्य जानुभन्दा भृकुटीमण्डपको मेलामा आउने गरेको बताए ।  

Advertisement

मेलामा प्रत्येक जुत्तामा छ महिनाको वारेन्टी समेत दिइएको छ । भाटभटेनीलाई लुगाको ब्राण्ड भनेजस्तै भृकृटीमण्डप पनि पछिल्लो समय जुत्ता चप्पलको हब बन्न थालेको व्यापारीहरुको भनाई छ । उनीहरुले जुत्ता किन्न आएका ग्राहकहरु आ–आफ्नो रोजाईमा सन्तुष्ट भएर फर्किएको बताएका छन् ।

मेला जेठ अन्तिमसम्म जारी रहने आयोजकको भनाई छ । आएका ग्राहकहरु खाली हात नभई जुत्ता चप्पल किनेर फर्किने गरेको सुनाउँदै व्यापारीहरुले नेपालमै अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय र आधुनिक डिजाइनका जुत्ता चप्पल पाउन थालेपछि ग्राहकहरु पनि बढेको बताए ।  

Advertisement