एनआईसी एशिया क्यापिटल र सजिलो पे पेमेन्टबीच ‘आईडिया टु आईपीओ’ सम्बन्धी सम्झौता

Advertisement

काठमाडौं । एनआईसी एशिया क्यापिटलले सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।

कम्पनीले  सोही सेवा अन्तर्गत बालुवाटार ४, काठमाण्डौमा रजिष्ट्रार कार्यालय रहेको सजिलो पे पेमेन्ट सर्भिसेश प्रालिलाई संस्थागत परामर्श सेवा, प्राईभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्था गरिदिने सहित सजिलो पेलाई पब्लिक कम्पनीमा परिणत गरी आगामी दिनमा आईपिओ जारी गर्ने चरणमा पुर्याई भविष्यमा सर्वसाधारणहरुमा साधारण शेयरको सार्वजनिक निष्कासन गरिदिने सम्मको सेवा प्रदान गर्नको लागि एनआईसी एशिया क्यापिटल र सजिलो पे पेमेन्टबीच सम्झौता भएको हो ।

Advertisement

सजिलो पे नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त डिजिटल वालेट भुक्तानी सेवा प्रदायक कम्पनी हो । जसबाट छिटो र सुरक्षित रुपमा अनलाइन मार्फत बिल भुक्तानी गर्न सकिन्छ ।

हाल सजिलो  पे मोवाइल एप प्रयोगकर्ताहरुले सहज र सुरक्षित रुपमा मोबाइल रिचार्ज, टप अप, दैनिक उपयोगिताका बिल भुक्तानी, आन्तरिक तथा बाह्य टिकट बुकिङ्गका लागिप प्रयोग गर्दै आएका छन् ।

साथै भुक्तानी गर्दा क्यासव्याक समेत उपलब्ध गराउंदै आइरहेको छ । सजिलो पेले आगामी ३ वर्ष भित्र प्रयोगकर्ताको संख्या १० लाख पुर्याउने लक्ष्य लिएको छ । 

Advertisement

Advertisement