हिन्दु धर्मको आलोचना गर्दै आएका प्रम दाहाल पशुपतिनाथ पनि पुगेर रुद्राक्ष धारण गरे

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार पशुपतिनाथको दर्शन गरेका छन् । छोरी र केही मन्त्रीहरुसहित उनी पहिलो पटक पशुपति दर्शन गर्दै रुद्राक्ष धारण गरेका हुन् । 

हिन्दु धर्मको आलोचना गर्दै आएका र सशस्त्र हिंसात्मक युद्धमा साँस्कृतिक क्रान्तिका नाममा धर्मविरोधी गतिविधि गर्न आफ्नो कार्यकर्तालाई लगाउँदै आएका दाहाल भारत भ्रमणका क्रममा गेरु ब्रस्त धारणा गर्दै महाकालेश्वरमा पूजा गरेपछि निकै चर्चा र चासोको विषय बनेको थियो । 

Advertisement

पशुपति पुग्दा दाहाल नेतृत्वको टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए । त्यस क्रममा अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी थिए ।

Advertisement

Advertisement