समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी र महासचिवमा एलन विजयी

Advertisement

काठमाडौं । समाजवादी प्रेस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । 

यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

Advertisement

आइतबार बिहान  सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । 

सुवेदीले एक सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले एक सय १९ मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरे । 

यसैगरी खुला उपाध्यक्षमा नवराज छत्कुल्ली, महिला उपाध्यक्षमा अस्मिता गिरी, उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट विजयी भएको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए । उनका अनुसार महासचिवमा रामकुमार एलनले एक सय ३९ मतले विजयी हुँदा उनका प्रतिस्पर्धी हृदय भुसालले एक सय ३० मत प्राप्त गरे । 

उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढामगर र लेखनाथ सिकारु विजयी भए । सचिव खुलामा शिवप्रसाद ढुङ्गाना, अनिल शाही तथा पूर्णबहादुर कार्की विजयी भए । हुनुभएको छ । 

यसैगरी सचिव (महिला) मा क्रान्ति न्यौपाने, सचिव (दलित) मा प्रदीप नेपाली र कोषाध्यक्षमा कृपा भण्डारी विजयी भएको निर्वाचन कमिटीले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट निर्वाचित भए । उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, एसोसिएट÷प्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले सर्वसम्मत निर्वाचित भएका हुन् । यसैगरी अन्य प्रदेशमा पनि सर्वसम्मत उपाध्यक्ष चयन हुनुभएको निर्वाचन समितिका सदस्य सुवेदीले जानकारी दिए ।   

शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको राष्ट्रिय सम्मेलनले १५ बुँदे विशेष समसामयिक प्रस्तावसमेत पारित गरेको छ । 

Advertisement

Advertisement