नेकपा एस रौतहट-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रामानन्द चौधरी चयन

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) रौतहट–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रामानन्द चौधरी चयन भएका छन् । 

मञ्चको शनिबार सम्पन्न १३औं सम्मेलनबाट चौधरी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी उपाध्यक्षमा नमोनारायण झा, इजराइल वेष्टा, सचिवमा अजय पटेल, उपसचिवहरुमा बिप्लव केसी, सुधाशु  मिश्र, सुष्मा सुनाम र कोषाध्यक्षमा कृष्णनन्दन साह सोनार निर्वाचित भएका छन् । 

Advertisement

त्यसैगरी सदस्यहरुमा कामेश्वर यादव, प्रतिभा श्रेष्ठ, भुजेन्द्र यादव, प्रमोद यादव, कृष्ण चौधरी, चन्देश्वर दास, पनिलाल यादव, हिमाशु मिश्र, सन्जु पुलामी सुरेन्द्र ठाकुर, शुलभ पुडासैनी, निर्मला गुप्ता, गुड्डु गुप्ता, आशुतोष कुमार जैसवाल, प्रमिला कुमारी, राकेश यादव, राम चौरसिया, राम एकवाल ठाकुर, बिमलेश झा, रामबिनय कुशवाहा, अनिल रेग्मी, सुमन झा, दिगम्वर चौधरी, बिपल थापा,, सेराज मिकरानी, रामवावु महतो, प्रेमलाल जैसवाल, राजेन्द्र शाह र नविन गुप्ता चयन भएका छन् । 

मञ्चका अध्यक्ष सचित कुइकेलको अध्यक्षता तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।  

कार्यक्रममा पार्टीका केन्द्रीय  सल्लाहकार परिषद् सदस्य शंकर बिश्वकर्मा, केन्द्रीय कमिटी सदस्य एवम् सम्पर्क बिशेष प्रदेश कमिटीका अध्यक्ष बिरवलकाजी राई, उपाध्यक्ष एवम् कानुन बिभाग सदस्य नवराज तिमल्सिना, बुद्धिजिवि परिषद्का गिरीधर मिश्र, मधेश प्रदेश कमिटीका अध्यक्ष बेदनाथ कोइराला र कानून बिभाग सदस्य गोपाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।  

Advertisement

Advertisement