राजधानीमा आजदेखि राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन शुरु

Advertisement

काठमाडौं ।  ‘स्वच्छ र स्वस्थ आहार एवं दिगो खाद्य प्रणालीका लागि खाद्य विज्ञान र नवप्रवर्तन’ मूल नाराका साथ नवौँ राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन आजदेखि शुरु भएको छ । 

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फिड द फ्युचर फुड सिस्टम फर न्युट्रेसन इनोभेसन ल्याब एट टफ्ट युनिभर्सिटीको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो । सम्मेलन मंगलबारसम्म चल्ने छ । 

Advertisement

नेपालले विश्व खाद्य प्रणाली शिखर सम्मेलनमा जाहेर गरेका प्रतिबद्धता यो सम्मेलनले प्राप्त गर्ने नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध्यक्ष डा अतुल उपाध्यायले बताए । उनले खाद्य स्वच्छ, खाद्य सुरक्षा र पोषणको अवस्थामा थप सुदृढीकरण गर्ने उद्देश्य रहेको बताए । 

समग्र खाद्य इको सिस्टमको दिगो विकास गर्न पनि यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आफूहरुले लिएको अध्यक्ष उपाध्यायको भनइ छ । दुई दिनसम्म चल्ने सो सम्मेलनमा सात वटा सत्र छन् । त्यसमा देश तथा विदेशका गरी २४ वटा कार्यपत्र प्रस्तुत हुने संघले जनाएको छ ।

सम्मेलनमा खाद्य प्रणाली, खाद्य प्रविधि र विज्ञान, पोषण, खाद्य सुरक्षा, जलवायु परिवर्तन र नवप्रवर्तनको विषयलाई सम्बोधन गर्ने बताइएको छ । उच्च मूल्य जाने बालीका उत्पादन र प्रशोधन तथा सर्टिफिकेसन, रैथाने प्रविधि र बालीको महत्व, खाद्य र पोषण सुरक्षामा जलवायु परिवर्तनको असरलाई कसरी न्यूनीकरण गर्नेलगायतका विषयमा पनि छलफल हुने जनाइएको छ । 

यो सम्मेलनको पहिलो दिन डा. उषा झा र दोस्रो दिन टफ्ट विश्वविश्वविध्यालयका प्रोफेसर डा. प्याट्रिक वेबले खाद्य प्रणाली र सयको रुपान्तरण सम्बन्धि सम्बोधन गर्ने छन् ।  

सम्मेलनका मूलभूत उद्देश्यः
१. नेपालले विश्व खाद्य प्रणाली शिखर सम्मेलनमा जाहेर गरेका प्रतिवद्धता प्राप्त गर्नु । 

२. नेपालको खाद्य स्वच्छता, खाद्य सुरक्षा र पोषणको अवस्थामा थप सुदृढिकरण गर्नु । 

३. नेपालमा अवस्थित परम्परागत एवं ग्रामिण प्रविधिको प्रवर्धन गर्नु । 

४. नेपालको समग्र खाद्य इको सिस्टमको दिगो विकास गर्नु ।  

छलफल हुने मुख्य विषयः
– विधि विज्ञानको सहयोगले पोषण हासलाई कम गर्न । 

– खाद्यपदार्थको क्षती नोक्सानी कम गर्न खाद्य विज्ञान तथा प्रविधिको महत्व । 

– रैथाने प्रविधि र बालीको महत्व खाद्य र पोषण सुरक्षामा र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न । 

– उच्च मुल्यजाने बालिको उत्पादन र प्रशोधन तथा सर्टिफिकेशन सम्बन्धि । 

– खाद्य स्वच्छता तथा दिगो र लचिलो खाद्य प्रणाली । 


 

Advertisement

Advertisement