‘मर्ज’ हुन इच्छुक क्याम्पसहरुलाई निवेदन पेस गर्न त्रिविको आग्रह

Advertisement

काठमाडौं । त्रिभुवन विश्वविधालयले समायोजन हुन इच्छुक क्याम्पसलाई निवेदन पेस  गर्न आग्रह गरेको छ । 

सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो । 

Advertisement

त्रिविले आज सूचना जारी गर्दै सम्बन्धित इच्छुक क्याम्पसलाई सामायोजन हुन चाहने क्यापसले आफ्नो क्यापससभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई तोकिएको समयभित्र निवेदन पेश गर्न सूचना जारी गरेको हो । 

निवेदन गर्दा दुवै क्याम्पसको बेग्लाबेग्लै निवदेन  दिने, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिदको प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।
 

Advertisement

Advertisement