इप्पानको अध्यक्षमा कार्की निर्विरोध निर्वाचित

Advertisement

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । 

इप्पानको २१औं वार्षिक साधारण सभा जेठ ३२ गते बिहीबार हुन लागेको छ । सो साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिने छ । 

Advertisement

यसैक्रममा निर्वाचन समितिको कार्यालयले आज साँझ प्रकाशित गरेको उम्मेदवारहरुको अन्तिम नामावलीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपमहासचिव लगायतका पदमामा १–१ जनाको मात्रै नाम उल्लेख छ । एक एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । 

अध्यक्ष पदमा उम्मेदवारी दिएका किरण मल्लको उम्मेदवारी खारेज भएको छ । अध्यक्षको लागि योग्य नभएकाले मल्लको उम्मेदवारी खारेज भएको निर्वाचन समितिले जनाएको छ । 

Advertisement

Advertisement