एमसीसी पास गर्न निर्णायक भूमिका खेलेका अर्याल सरकारको मुख्य सचिव नियुक्त हुन सफल

Advertisement

काठमाडौँ ।  सरकारको मुख्य सचिवमा बैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 

अमेरिकी अनुदान परियोजना एमसीसी पास गर्न महत्वपूर्ण भूमिका खेलेका अर्याल अवकाश हुन लागेको बेला मुख्य सचिव नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल तयार हुनु अर्थपूर्ण देखिन्छ । 

Advertisement

यसअघिका मुख्य सचिव शंकरदास बैरागी तीन महिनापछि अवकाश हुन लागेका छन् । वैरागीलाई अन्य कुनै आकर्षक पदमा नियुक्ति दिएर अर्याललाई सो ठाउँमा ल्याइएको हो । 

वैरागी ५८ वर्ष माघमा पुग्ने भए पनि तीन वर्षे सेवा अवधिका कारण असोज १४ गते अवकाशमा जाँदै थिए । उनी २०७७ असोज १५ गते मुख्यसचिवमा नियुक्त भएका थिए ।

हाल अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए । 

Advertisement

Advertisement