स्क्रामब्लर २५० को नयाँ बिक्री मूल्य सार्वजनिक, १५ दिनसम्म लागू हुने

Advertisement

काठमाडौं । मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारिक बिक्रेता एसएलआर टेक्नो एण्ड टे«ड प्रालिले स्क्रामब्लर २५० को नयाँ बिक्री मूल्य सार्वजनिक गरेको छ । 

कम्पनीले यही असार १ गते देखि असार १५ गते सम्मका लागी लागू हुने गरी नयाँ बिक्री मूल्य सार्वजनिक गरेको हो । यसअघि रु.४,९५,०००/– बिक्री मूल्य रहेको उक्त मोडल हाल कम्पनीको यस अफर अन्तर्गत ग्राहकले रु.४,५५,०००/– मै खरीद गर्न सक्ने छन् । 

Advertisement

कम्पनीका अनुसार ग्राहकले नयाँ बिक्री मूल्यमा स्क्रामबलर २५० का  ४ वटा कलर, नयाँ मुफ्लर डिजाइन र आकर्षक ग्राफिक सहित आफ्नो रोजाइमा वाइक खरीद गर्न पाउने छन् ।

साथै, कम्पनीले एक्सचेञ्ज र फाइनान्सको सुविधालाई समेत सहज बनाउँदै, उक्त वाइकमा विभिन्न नगद छुट र फ्री हेल्मेटको व्यवस्था समेत गरेको छ ।
 

Advertisement

Advertisement