हिमालय एअरलाइन्सद्धारा काठमाडौं–बेइजिङ–काठमाडौंको नियमित उडान सुरु

Advertisement

काठमाडौं । हिमालय एअरलाइन्स्ले काठमाडौं र बेइजिङबीचको नियमित उडान सुचारु गरेको छ । यस सेवाले बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्ने एयरलाइन्सको विश्वास छ । 
यस रुटको उडान पुनः सुचारु हुँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने भन्दै हिमालय एयरलाइन्सले आउँदो शनिबार काठमाडौं–बेइजिङ–काठमाडौं रुटमा नियमित उडान भएको जानकारी दिएको हो । 

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले यस उडानबाट बेइजिङको यात्रा गरे । काठमाडौंबाट बिहान ७ः४० मा प्रस्थान गरेको जहाज बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार दिउँसो २ः१५ मिनेटमा अवतरण गरेको थियो । हिमालय एयरलाइन्स चिनियाँ संयुक्त लगानीको कम्पनी हो, जसले सन् २०१४ देखि सेवा सुरु गरेको हो । 

Advertisement

Advertisement

Advertisement