काठमाडौं । सुपर सोकोको आधिकारिक बिक्रेता कोर्बिग मोटर्सले ललितपुरको ग्वार्कोमा नयाँ शोरुमको शुरु गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आज एक समारोहका बीच नयाँ शोरुमको उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा मन्त्री ज्वालाले संचालकद्वय सौगात भट्टराई र नोभेल काफ्लेलाई बधाई तथा शुभकामना दिँदै विद्युतीय सवारीको प्रयोग नेपालका लागी मात्र नभई विश्‍वको लागि नै महत्वपूर्ण रहेको बताए ।
सुपर सोकोका विभिन्न मोडलका रु २,५०,००० देखी ५,५०,००० सम्मका बाईक तथा स्कुटरहरु बिक्रीमा ल्याइएको छ । ब्याट्रीमा ३ बर्ष र मोटरमा २ बर्ष वारेन्टी छ र ग्राहकहरुलाई विशेष छुटको पनि व्यवस्था गरिएको संचालक काफ्लेले बताए ।