प्रभु बैंक र स्काई वाक सञ्चालन गर्ने वन्डर्स नेपालबीच व्यावसायिक सम्बन्ध बिस्तारको सम्झौता

Advertisement

काठमाडौं । प्रभु बैंक र वन्डर्स नेपाल प्रालिबीच महत्वपूर्ण बैंकिङ कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । यो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना हुने बैंकले विश्वास लिएको छ ।

उक्त सम्झौतामा बैंकका चिफ मार्केटिङ्ग अफिसर मञ्जयराज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशकसोहन श्रेष्ठले उक्त हस्ताक्षर गरेका हुन् । सो अवसरमा बैंकका वरिष्ठ बजार व्यवस्थापक शेखरराज वस्ताकोटी र निर्देशक पदमप्रसाद न्यौपानेको पनि उपस्थिति थियो । 

Advertisement

उक्त सम्झौता अनुरुप बैंकले वन्डर्स नेपाल प्रालिको परिसरमा एटिएम, क्युआर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ । 

सम्पूर्ण सर्वसाधारण तथा ग्राहकहरुले वन्डर्स नेपाल प्रालि अन्तर्गत काठमाडौंको कमलादी स्थित स्काई वाक भ्यू टावरमा गई दृश्य अवलोकन गर्नुका साथै बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाको सुविधा समेत लिन सक्ने छन् । यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
 

Advertisement

Advertisement