सिटिजन्स बैंकद्वारा थप पाँच स्थानमा शाखा बिस्तार

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले थप पाँच स्थानमा शाखा विस्तार गरेको छ । 

बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकसाथ शाखा सञ्चालनमा ल्याएको हो । योसँगैे बैंकको १८८ वटा शाखा सञ्चालनमा आएका छन् । 

Advertisement

प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ८ शाखा पुगेका छन् ।

आज बैंकमा अयोजित एक समारोहकाबीच प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीलाई बधाइ तथा शुभकामना ब्यक्त गर्दै मर्यादित ढंगबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा–सुबिधा उपलब्ध गराउन निर्देशन दिएका छन् । 
 

Advertisement

Advertisement