सिंगटी हाईड्रोको हकप्रदका लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Advertisement

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले प्रतिशेयर १०० रूपियाँ अंकित दरको १,४५,००,००० कित्ता हकप्रद शेयरको (१ः१) साविकका शेयरधनीहरुलाई निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता पत्रमा सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदीप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । 

Advertisement

कम्पनीको अधिकृत पूँजी रु. २ अर्ब ९० करोड रूपियाँ, जारी पूँजी रु. २ अर्ब ९० करोड रूपियाँँ, र हकप्रद शेयर निष्काशन पश्चात् उक्त कम्पनीको चुक्ता पूँजी रु. २ अर्ब ९० करोड रूपियाँ हुनेछ ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं जिल्ला कामनपा वडा नं. ५, काठमाडौंमा रहेको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले प्रचलित कानुन बमोजिम २०६७ साल जेठ ०५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७५ साल असार ०६ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन, २०६३ अन्तर्गत काम/कारोबार गर्दै आईरहेको छ । 

यस कम्पनीले निर्माण गरेको सिगंटी खोला जलविधुत आयोजना २५ मेवा क्षमताको आयोजना २०७८ साउन १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो । कम्पनी बाट प्राप्त जानकारी अनुसार हाल आयोजनाले ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको छ । 

हकप्रद शेयरबाट प्राप्त रकम अर्बिर इनर्जी प्रालिद्धारा प्रबर्धित सभा खोला ‘बी’ २१.५ मेवा र सभा खोला ‘सि’ ६.३ मेवामा ५१ प्रतिशत र ह््याविट्याट पावर कम्पनी प्राली द्धारा प्रर्बद्धित हेवा ए सान जलविद्युत आयोजना ७.५ मेवामा ५१ प्रतिशत लगानी गर्नेछ ।
 

Advertisement

Advertisement