प्राधिकरणका महानिर्देशक अधिकारीले पर्यटनमन्त्रीलाई पठाए जवाफ !

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई जवाफ पठाएका छन् । 

पर्यटन मन्त्रालयका अनुसार प्राधिकरणका महानिर्देशक अधिकारीले गत शुक्रबार मन्त्रालयमा जवाफ पठाएका हुन् । 

Advertisement

पर्यटनमन्त्री किराँतीले नौ बुँदे स्पष्टीकरणको माग गर्दै असार ११ गते महानिर्देशक अधिकारीलाई पत्र पठाएका थिए । 

असार १२ गते कर्पोरेट नेपालसँगको कुराकानीमा प्राधिकरणका महानिर्देशक अधिकारीले मन्त्रीले सामाजिक सञ्जालबाट स्पष्टीकरण सोध्ने कुरा केटाकेटीपन हो भन्दै हवाई सुरक्षा जस्तो संवेदनशील विषयमा फेसबुकबाट सोधिएको प्रश्नको जवाफ दिनु जरुरी नरहेको बताएका थिए ।  

प्राधिकरणका महानिर्देशक अधिकारीलाई मन्त्री किरातीले सात दिनको समयमा पनि जवाफ नपठाएपछि तीन दिनको म्याद दिएर के कारण जवाफ नदिएको र अब पनि नदिए कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी सहितको पत्र २१ गते दिएका थिए ।

Advertisement

Advertisement