फुटवेयर विजनेस एक्स्पोमा जुत्ता चप्पल खरिद गर्दा एसईई उत्तीर्ण विद्यार्थीलाई बिशेष छुट

Advertisement

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा संचालन भईरहेको फुटवेयर विजनेस एक्स्पो २०८० मा एसईई उत्तीर्ण विद्यार्थी तथा अभिभावकले जुत्ता चप्पल खरिद गर्दा बिशेष छुट पाउने भएका छन् ।

एक्स्पोमा जुत्ता खरिद गर्दा एसइई उत्तिर्ण भएको प्रमाण खुल्ने कागजपत्र देखाएमा उनीहरुले बिशेष छुट पाउने एशोसियशनका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।

Advertisement

यससँगै एक्स्पोमा लागु गरिएको क्यसाब्याक अफर पनि जारी छ । जुत्ता चप्पल पनि क्यास ब्याक पनि स्लोगन सहित असार ११ गते सोमवारदेखि सो अफर लागु भएको बताइएको छ ।  अफर अन्तर्गत हरेक जोर जुत्ता चप्पलको खरिदमा ग्राहकले २ प्रतिशत क्यास ब्याक पाउने एक्स्पोका संयोजक गंगा श्रेष्ठले जानकारी दिए । 

स्टलबाट जूत्ता खरिद गरेपनि ग्राहकले गेटमा बिल अनुशार हरेक जोर जूत्ता चप्पलको २ प्रतिशत क्यास ब्याक पाउने श्रेष्ठले बताए । ग्राहकहरु लाभान्वित हुने भएकोले सो अफर सार्वजनिक गरिएको बताइएको छ । 

एक्स्पोमा शिखर सुज, रन सुज, बाम्बो सुज, सु ल्याण्ड वान वल्र्ड, भेनस सुज, पिजि सुज, हिमानी सुज, बोस सुज, फुट स्टेप लगायतका ३० भन्दा बढी ब्राण्डका गरेका १ हजार २ सय भन्दा धेरै मोडलका जुत्ता चप्पल रहेका छन् । एक्स्पोमा पुरुष, महिला र बालबालिकाका लागि स्कुल सुज,कलेज सुज, क्याज्युल, पार्टीवेयर, स्पोर्ट सुज लगायतका जुत्ता चप्पल २५० देखि ५००० रुपैयाँ सम्ममा पाइने  बताइएको छ । 

आम नेपाली जुत्ता, चप्पलका विषयमा सकारात्मकताको सञ्चार गर्न एक्स्पोले सघाउने र आम नेपालीहरुमा राष्ट्रियताको भावना प्रवद्र्धन गर्न पनि मद्दत आयोजकको भनाई छ । गर्मी मौसमलाई लक्षित गरी वृहद र प्रभावकारी रुपमा फुटवेयर बिजनेस एक्स्पो संचालन गरिएको हो ।  

उपभोक्ताहरुनै उत्पादनलाई सफल बनाउने मूल पात्रहरु भएका हुँदा बास्तविक उपभोक्तासंग उत्पादकहरुले प्रत्यक्ष भेटी उनीहरुका गुनासो तथा राय सुझाव संकलन गरी कमी कमजोरीलाई सच्याउदै आफ्ना उत्पादनहरुमा सुधार ल्याउने बताइएको छ । 

असार १ गतेदेखि संचालन भएको एक्स्पो असार ३१ गतेसम्म संचालन हुने बताइएको छ ।

Advertisement

Advertisement